आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ, २९ जेठ । विश्व बालश्रम विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रूपमा मनाइने गरिएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले ‘प्रगति स्पष्ट छ, तर अझै धेरै गर्न बाँकी छः प्रयासहरूलाई तीव्र बनाऔं १’ नाराका साथ आज विभिन्न कार्यक्रम गरि दिवस मनाउन लागिएको हो ।

बालबालिकालाई श्रमिकका रूपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो । बालश्रम विरुद्ध आईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रूपमा मनाउन थालिएको हो ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओ कन्भेसनको भाग १३८ मा नेपालले पनि हस्ताक्षर गरी ऐक्यवद्धता जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्