लस एञ्जलसमा हिंसात्मक प्रदर्शनपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन

खबर बुक
  • ख-
  • ख+

अमेरिका, २७ जेठ । मेक्सिकोको सीमामा आप्रवासन नियन्त्रणका लागि गरिएको धरपकडविरुद्ध लस एञ्जलसमा भएको प्रदर्शन हिंसात्मक भएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । केही प्रदर्शनकारी पक्राउ परेका बीबीसीले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिप्रति असन्तुष्टि जनाउँदै चर्किएको प्रदर्शनले स्थानीय समुदायमा तनाव बढाएको छ । स्थिति नियन्त्रणमा लिन राष्ट्रपति ट्रम्पले २१ सय नेशनल गार्ड र सात सय मरीन सैनिक तैनाथ गर्ने आदेश दिनुभएको छ । ट्रम्पले प्रदर्शनकारीलाई हिंस्रक र विद्रोहीको भीड भन्दै अभिव्यक्ति दिएपछि थप राजनीतिक विवाद सिर्जना भएको हो ।

यसैबीच क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि कडा आलोचना गर्दै बिना अनुमति लस एन्जलसमा नेशनल गार्ड तैनाथी गरिएको भन्दै अदालतमा मुद्दा दर्ता गराउनुभएको छ । राष्ट्रपति ट्रम्पले स्थिति बिगार्ने काम गरेको आरोप लगाउँदै गर्भनर न्यूजमले अवैध रूपमा नेशनल गार्ड पठाएको आरोप लगाउनुभएको हो । उहाँले यसअघि नै यो कदमलाई असंवैधानिक भन्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्