इन्डोनेसियामा भूकम्पः मृत्यु हुने २६८ पुगे, अझै १५१ जना बेपत्ता

खबर बुक
  • ख-
  • ख+

बाली, ७ मंसिर । इन्डोनेसियाको जाभा टापुमा गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउने र घाइते हुनेमा धेरैजसो बालबालिका रहेको उद्धारकर्ताहरूले  बताएका छन् । भूकम्पमा परेर अहिलेसम्म २६८ जनाको मृत्यु भएको छ भने १ हजार जनाभन्दा बढी घाइते भएका छन् ।

भूकम्पपछि १५१ जना अझै हराइरहेका राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले जनाएको छ । भूकम्पका कारण २२ हजार घरमा क्षति पुगेको र प्रभावित क्षेत्रका ५८ हजारभन्दा बढीलाई सुरक्षित क्षेत्रमा लगिएको थियो । सोमबार जाभाको पहाडी क्षेत्रमा ५ दशमलब ६ म्याग्नेच्यिुडको भूकम्प गएको थियो । पश्चिम जाभा प्रान्तको सियानजुर सहर नजिकको गाउँ नै पुरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्