मौसम: पहाडी भूभागका केही स्थानमा आंशिक बदली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ मंसिर । देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्