भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ जेठ । भारतको डीआरडीओले सामुद्रिक सिमानाको रक्षा गर्न तैनाथ तटरक्षकहरूका लागि विशेष उपहार तयार गरेको छ। 

यसले भारतको सैन्य शक्तिलाई मात्र बलियो बनाउने छैन्,  समुद्री क्षेत्रमा बसोबास गर्ने नागरिकहरूका लागि नयाँ आशा देखाएको छ।

डीआरडीओको कानपुरमा रहेको प्रयोगशाला डिफेन्स मटेरियल स्टोर्स एण्ड रिसर्च एण्ड डेभलपमेन्ट एस्टाब्लिसमेन्टले ८ महिनामा अत्याधुनिक ‘नैनोपोरस मल्टीलेयर पोलिमेरिक मेम्ब्रेन’ विकास गरेको छ। यसले उच्च चापमा समुद्रको नुनिलो पानीलाई अब सफा, सुन्दर र मीठो बनाउन सक्ने प्रबिधि विकास गरेको  छ।

खासमा महासागर वा समुद्रको पानी पिउन योग्य छैन किनभने यसमा अत्यधिक मात्रामा क्लोराइड आयनहरू र अन्य लवणहरू रहेका हुन्छ्न्। नुन र क्लोराइडको लामो समयसम्म सम्पर्कमा रहँदा यो एक दम खरिलो हुने गर्छ । 

‘न्यानोपोरस मल्टिलेयर डिजाइनः यो बिधीमार्फत समुन्द्रका धेरै तहहरूमा अत्यन्त सूक्ष्म छिद्रहरूलाइ छुटाएको थियो, जसले पानीलाई मात्र पार गर्न अनुमति दिन्छ तर नुन, क्लोराइड र अन्य अशुद्धताहरूलाई रोक्न सफल भएको छ। 

उच्च दबाव सहनशीलताः यो प्रणालीले समुद्रको गहिरो भागबाट नुन पानी तानेर पनि प्रभावकारी रूपमा काम गर्न सक्छ।

दिगो र कम मर्मतसम्भारः यसको डिजाइन यस्तो छ कि यसलाई बारम्बार प्रतिस्थापन गर्न आवश्यक छैन, जसले परिचालन लागत पनि कम हुने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्