काठमाडौं, बैशाख ३० । गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्था विरोधी कुनै पनि गतिविधि सह्य नहुने बताउनुभएको छ । मंगलबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री लेखकले कुनैपनि वादका नाममा संविधान र गणतन्त्र विरोधी गतिविधिलाई स्वीकार्न नसकिने उल्लेख गर्दै त्यस्ता गतिविधि गर्ने जोकोहिलाई कानूनी दायरामा ल्याइएने बताउनुभएको हो ।
उहाले जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही गएमा त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिने स्पष्ट पार्नुभयो ।
सदनमा पुगेका सवै बिधेयकहरुलाई टुङ्गोमा पुराउन लागिएको जानकारी दिदै गृहमन्त्री लेखकले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नेबाटोमा अघि बढेको बताउनुभयो
त्यस्तै उहाले गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताउनुभयो । वर्तमान सरकार पुरै अवधि टिक्ने भएकाले आशंका गर्नुपर्ने कुनै ठाँउ नरहेको उहाको भनाइ छ ।











