भीम रावलको क्षेत्रमा एकीकृत समाजवादी अगाडि

खबर बुक
  • ख-
  • ख+

अछाम, ६ मंसिर । नेकपा एमालेका नेता भीम रावलको गृह निर्वाचन क्षेत्रसमेत रहेको अछाम-१ मा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ ।

१४ हजार ६९७ मत गणना हुँदा श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर ८ हजार ३१ मतसहित अगाडि छन् । उनलाई एमालेका झपट बोहरा ४ हजार ८१५ मतसहित पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार राजन कुँवरको मत भने ९४२ रहेको छ । यहाँ कुल ४१ हजार ६४३ मत खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्