युक्रेनी ड्रोन आक्रमणपछि मस्कोका चार विमानस्थल अनिश्चितकालका लागि बन्द

खबर बुक
  • ख-
  • ख+

२३ वैशाख, काठमाडौं । युक्रेनद्वारा लगातार गरिएका ड्रोन आक्रमणपछि रुसको राजधानी मस्कोमा रहेका चार प्रमुख विमानस्थलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ।

बीबीसीका अनुसार, रूसी अधिकारीहरूले सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै विमानस्थल बन्द गर्ने निर्णय गरेका हुन्।

मस्कोका मेयर सर्गेई साबोइनिनले जानकारी दिएअनुसार विभिन्न क्षेत्रहरूबाट प्रहार गरिएका १९ वटा ड्रोनहरूलाई रूसी वायु सुरक्षा प्रणालीले निस्तेज पारेको छ। यद्यपि राजधानी मस्कोको केही भागमा ड्रोनले आक्रमण गरे पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ।

यसअघि आइतवार भएको आक्रमणमा दुईवटा विद्युत् स्टेशनमा क्षति पुगेको र केही मानिस घाइते भएका थिए। साथै, हालै युक्रेनी सेनाले रुसको सीमा क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्नुका साथै कर्सक क्षेत्रमा रहेको एक खानीमा पनि आक्रमण गरेको जनाइएको छ।

रुस–युक्रेन युद्ध चर्कँदै जाँदा दुबै पक्षबाट हवाई आक्रमणहरू तीव्र रूपमा बढेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्