वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व, गुरुङ अध्यक्षमा निर्वाचित

खबर बुक
  • ख-
  • ख+

३० चैत, काठमाडौं । वैदेशिक रोजगार व्यवसायीको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित भएका छन्।

संघको आज बिहान सम्पन्न मतपरिणममा गुरुङले प्रत्यासी नरेश गेलालाई ६१ मतान्तरले हराउँदै विजयी भएका हुन्। अध्यक्षमा गुरुङले ४२८ मत प्राप्त गर्दा गेलालले ३६७ मत पाए। 

अध्यक्षमा निर्वाचित गुरुङ संघको द्वितीय पूर्वउपाध्यक्ष एवं गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन्।

यस्तै, प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा बैकुण्ठप्रसाद पौडेल निर्वाचित भएका छन्। महासचिवमा महेशकुमार बस्नेत निर्वाचित भए।

यसैगरी, सचिवमा कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित भएका छ। सदस्यमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरुङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे, विद्यालक्ष्मी वज्राचार्य विजयी भएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापाले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्