दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत लगियो

खबर बुक
  • ख-
  • ख+

२९ चैत, काठमाडौं ।  तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।

प्रसाईंमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान हुने काठमाडौं प्रहरीका एसपी अपिल बोहराले जानकारी दिए ।

उनका अनुसार, वकिल कार्यालयपछि प्रसाईंलाई आजै काठमाडौं जिल्ला अदालत पेस गर्ने तयारी छ । प्रहरीले अदालतबाट म्यादको अनुमति माग्नेछ । प्रसाईंलाई भारतको असम प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो ।

उनलाई आज नेपाल झिकाएर औपचारिकरूपमा नेपाल प्रहरीले पक्राउ गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्