१५ वटा केन्द्रमा रोकियो मतदान कार्य, सुचारु गर्ने प्रयास : आयोग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ मंसिर । निर्वाचन आयोगले विभिन्न स्थानमा रोकिएका मतदान प्रक्रिया सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ ।

अपरान्ह साढे ३ बजेसम्म रोकिएका १५ मतदान केन्द्रको मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको आयोगको भनाइ छ ।

साथै आयोगले अहिले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्