काठमाडौं, १६ चैत । काठमाडौं महानगरपालिकाले शुक्रबार भएको हिंसात्मक आन्दोलन गर्नेहरूलाई जरिवाना तोक्न अध्ययन टोली खटाएको छ ।
महानगरपालिकाले शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बल सहितको टोली बनाएर अध्ययन थालेको मेयर बालेनको सचिवालयले जनाएको छ ।
उनका अनुसार करिब १० लाख भन्दा धेरै जरिवाना गराउने तयारी रहेको छ ।
यसअघि नेकपा एमाले र राप्रपालाई आमसभा र र्याली गर्दा फोहोर गरेको भन्दै १-१ लाख जरिवाना गराएको थियो ।












