राजावादी प्रदर्शन हिंस्रक, प्रहरीद्वारा हवाई फायर

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, १ ५ चैत । राजतन्त्र पुनःस्थापना माग गर्दै काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको कार्यक्रम हिंसात्मक बनेको छ। राजावादीको हिंस्रक प्रदर्शनमा एउटा घरमा आगजनी भएपछि आगो निभाउन दमकल गएको थियो।

राजावादीलाई दमकललाई समेत अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको हो।

दमकलमाथि समेत प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन्। प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले तीनकुनेस्थित स्थानीयको एउटा घरमा आगो लगाएका थिए।

राजावादीले तीनकुनेमा घर तोडफोड र आगजनी गरेका छन्। राजावादीहरु विभिन्न ठाउँबाट जुलुससहित आएर तीनकुनेमा आमसभामा परिणत हुने भनिए पनि नयाँ बानेश्वर निषेधित क्षेत्रतिर अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गर्नुका साथै पानीको फोहोरा, अश्रुग्याससमेत प्रहार गरेको छ। राजावादी प्रदर्शनकारीले तीनकुने सडक किनारमा रहेका घरको सिसा फुटाएका हुन्।

राजा फर्काउने आन्दोलनमा नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई जनपरिचालनको जिम्मा दिएको छ भने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ छ।

राजवादीहरुले गणतन्त्र खारेज, राजसंस्था पुनःस्थापना, प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी नारा लगाइरहेका छन्। राजावादीले तीनकुनेमा गर्न लागेको सभा सुरु नहुँदै बिथोलिएको छ भने नेताहरु भागेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्