प्रतिगामीलाई परास्त गरेमात्र राष्ट्रिय महत्त्वका परियोजना अघि बढ्छन् : प्रधानमन्त्री

न्युज कारखाना
  • ख-
  • ख+

बैतडी, ३० कार्तिक

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिगामी शक्तिलाई परास्त गरेमात्र राष्ट्रिय महत्त्वका परियोजना अघि बढ्ने बताएका छन् ।  बैतडीको शिवनाथमा लोकतान्त्रिक वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अगामी निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले राष्ट्रिय महत्त्वका परियोजनालाई अघि बढाउने बताए ।

उनले सुदूरपश्चिमको मुहार फेर्नसक्ने पश्चिम सेती र पञ्चेश्वर योजनाका साथै झुलाघाटस्थित महाकाली नदीमा पक्की पुल बनाउने प्रतिवद्धता जनाए ।

संविधानको रक्षा र संघीय लोकतान्त्रिक शासन प्रणालीको संस्थागत विकासका लागि पाँचदलीय लोकतान्त्रिक वामगठबन्धन बनेकाले अझै १० वर्ष गठवन्धन अगाडि बढ्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्