सर्वोच्च अदालतले शुल्क लिएर विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न बाटो खोलिदिएको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ ।
मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५ सय रूपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई निरन्तरता नदिने आदेश गरेको छ।
मिडिया हबले नेपाली ग्राहकले थप पाँच सय रुपैयाँ तिरेर फुटबलको लाइभ हेर्न पाउने निर्णय गरिसकेको छ ।











