अर्थतन्त्रको मेरुदण्ड कृषि भएपनि राज्य उक्त क्षेत्रबारे व्यवहारिक र जिम्मेवार हुन नसकेको आरोप

खबर बुक
  • ख-
  • ख+

गाउँसुधार तथा कृषकहित संरक्षण मञ्च नेपालले देशको अर्थतन्त्रको मेरुदण्ड कृषि भएपनि राज्य उक्त क्षेत्रबारे व्यवहारिक र जिम्मेवार हुन नसकेको आरोप लगाएको छ ।

अध्यक्ष दुर्गाप्रसाद खनालले कृषिले नै नेपाली जनताको उन्नती र प्रगतीको ढोका खुल्नेबारे राज्यले सैद्धान्तिक तरिकाले स्वीकारे पनि व्यवहारिक रुपमा अन्यन्तै ढिलासुस्ती गरेको आरोप लगाउनुभयो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खनालले नेपालका ६५.६ प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको उल्लेख गर्नुभयो । उहाले कृषिमा आधारित रहने ठुलो हिस्सा अन्यौल र अस्तव्यस्त परिस्थितिमा गुज्रिरहेको बताउनुभयो ।

उहाले सरकारले अरबौं रुपैयाँ बजेट कृषिमा छुट्टाएपनि समयमै मल नपाइने भन्दै किसानका समस्या जहाँको त्यहीँ रहेको गुनासो गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्