गायिका सुनिता दुलालकाे  नयाँ गीत ‘ओ बड्डा’ बजारमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ माघ । गायिका सुनिता दुलालकाे  नयाँ गीत ‘ओ बड्डा’ बजारमा आएको छ ।

अभिनेता दिलिप रायमाझीसँग आफैं अभिनय गरेकी गायिका सुनिता दुलालले ‘ओ बड्डा’ गीतमा चक्र बमसँग सहकार्य गरेकी छन् ।

सुदूरपश्चिमतिरको भुगोलमा बोलिने लबजलाई गीतमा उतारिएको छ । चक्र बमको शब्द र संगीत सिर्जना रहेको गीत ‘ओ बड्डा’ को संगीत संयोजन तथा मिक्सिङको कार्य भने श्यामश्वेत रसाइलीले गरेका छन् ।

गायिका सुनिता दुलाल सधैं चर्चाको शिखरमा हुने गर्छिन् । सुन्दरी गायिकाको ट्याग पाएकी गायिका दुलालको स्टेजको प्रस्तुति, उनको मौलिक पहिरनसँगै गायकीको पनि चर्चा हुने गर्छ । पछिल्लो समयमा उनले स्रोता दर्शकलाई मोहित पार्ने गीतहरुको निर्माण गर्दै आएकी छन् । संख्यात्मक भन्दा गुणात्मकतामा ध्यान दिने सोच भएकी गायिका सुनिता दुलाल केही गीतमा आफैं म्यूजिक भिडियोमा पनि देखिने गर्छिन् ।

‘ओ बड्डा’ गीतको म्यूजिक भिडियोमा गायिका सुनिता दुलाल, अभिनेता दिलिप रायमाझी, मोडल अन्जली अधिकारी र गायक चक्र बम आफैं अभिनय तथा नृत्य गरेका छन् । भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने प्रविन भट्टले सम्पादन गरेका छन् । गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो ‘ओ बड्डा’लाई गायिका दुलालले आफ्नै युट्यूब च्यालन ‘सुनिता दुलाल’ मार्फत सार्वजनिक गरेकी हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्