‘होस्टेल–३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ ४ । चलचित्र ‘होस्टेल–३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । गीतमा अलमोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर छ । अलमोडासँगै सन्तोष राणाको र्‍याप छ । 

सार्वजनिक गीतमा चलचित्रका प्रमुख कलाकारहरू फिचर्ड छन् । गीत कलेज जीवनका उतारचढावलाई समेटेको छ । पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुली फिचर्ड छन् । 

‘होस्टेल–३’ निर्देशन सशान कँडेलले गरेका छन् । कथा पनि निर्देशक कँडेलकै हो । यो चलचित्र फागुन २३ गते रिलिज हुँदै छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्