गायक गोविन्द गौतमद्धारा आफ्नो नयाँ गीत ‘भिसा हातैमा ’ सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, १ माघ  ।  गायक गोविन्द गौतमले आफ्नो नयाँ गीत ‘भिसा हातैमा ’ सार्वजनिक गरेका छन् ।

गोविन्दकै शब्द ,संगीत रहेको गीतलाइ रोशन बालुवाले एरेन्ज गरेका हुन् । गीत गायनमा गोविन्दलाइ चर्चित गायिका समीक्षा अधिकारीले साथ् दिएकी छिन । भिडियोलाई ‘मौलिक रोधीघर’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

देशमा अहिले भइरहेको युवा पलायन र त्यसबाट परिवारमा परेको प्रभावको दर्दनाक कथा देखाइएको गीतको भिडियोमा यशु भट्टराई ,नविन गौतमको मुख्य भूमिकामा छन् भने गुणराज श्रेष्ठ ,अन्जु चौलागाई , दीपक गौतम र करिना खड्काको समेत अभिनय रहेको छ प्रमोद के भण्डारीको निर्देशनमा बनेको भिडियोलाइ करण चैसिरले छायांकन र टेकेन्द्र शाहको सम्पादन गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्