फिल्म ‘पिताम्बर’ मा भित्रिए दयाहाङ

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ , भदाै ७ । निर्देशक कृषा चौलागाईंले निर्देशन गर्ने फिल्म ‘पिताम्बर’मा दयाहाङ राईको इन्ट्री भएको छ । दयाहाङले ‘पिताम्बर’ को निर्माण टिमसँग सम्झौता गरेका हुन् ।

फिल्ममा यसअघि नै सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, आर्यन सिग्देल, सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी जस्ता कलाकारहरू अनुबन्धित भइसकेका छन् ।

अब यस फिल्ममा पहिलोपटक दयाहाङ, सौगात र प्रदीप एकसाथ देखिनेछन् । हाल वर्कसप चलिरहेको यस फिल्मको आगामी साताबाट दोस्रो चरणको छायांकन सुरु गरिँने भएको छ ।  पहिलो चरणको छायांकन गत वर्ष नवलपरासीमा भएको थियो । यस फिल्ममा प्रदीप एक्सन भूमिकामा रहेको बताइएको छ ।

फिल्ममा दिव्य देव, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारी लगायतको पनि विशेष भूमिका रहनेछ । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्मको निर्माता विशाल चौलागाई हुन् । प्रदीप भारद्वाजको लेखन रहेको यो फिल्मको लागत करिब ५ करोड रहेको बताइएको छ । 
 न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्