सल्यानी गायिका देवी बस्नेतको स्वरमा रहेको मौलिक तिज गीत “नाच्न मन लाग्यो बरिलै” सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, साउन २७ । सल्यानी गायिका देवी बस्नेत र निर्मला बस्नेतको स्वरमा रहेको “नाच्न मन लाग्यो बरिलै” बोलको मौलिक तिज गीत सार्वजनिक भएको छ ।

यस गीतमा डम्बर चन्द बगरको शब्द र तिलक परियारको लय र सङ्गीत रहेको रहेको छ । तिजको मौलिक स्वादलाई बोकेर ल्याएको यस गीतमा सुमित्रा गुरुङको आकर्षक नृत्य देख्न सकिन्छ ।

तिलक शाही चिट्टिद्धारा निर्देशित भिडियो तिलक परियार युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सल्यान जिल्लामा जन्मिएर काठमाण्डौलाइ आफ्नो कर्म थलो बनाएका सुमधुर स्वरका धनी दुई गायिकाले थुप्रै नेपाली लोक दोहोरी गीतमा स्वर भरेका छन् ।

पछिल्लो समय बजारमा तिजको नाममा आएका केही गीतहरूले संस्कृति भाडन लागेको भन्दै विभिन्न सङ्घ संस्थाले चिन्ता पनि व्यक्त गरे ।

यस बिचमा तिजको मौलिकता जोगाउनु पर्छ भन्ने उद्देश्यले यो गीत बजारमा ल्याएको गायिका देवी बस्नेत बताउँछिन् । गीत सङ्गीमा परिवर्तन जरुरी भए पनि आफ्नो संस्कार र संस्कृति बिर्सन नहुने उनको भनाइ छ ।

यो वर्षको तिजको अवसरमा गायिका बस्नेतले अन्य मौलिक तिज गीत पनि बजारमा ल्याउँदै छन् ।

हेर्नुहोस् पुरा गीत : 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्