राष्ट्रियसभा उम्मेदवार छान्न एमालेकाे सचिवालय बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० पुस ।  राष्ट्रियसभा उम्मेदवार छान्न नेकपा एमालेकाे केन्द्रीय सचिवालय बैठक अहिले जारी छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे ।

यसअघि एमालेले सबै प्रदेशलाई उम्मेदवार सिफारिस गरेर पठाउन भनेको थियो ।

केन्द्रको निर्देशनअनुसार प्रदेशले सिफारिस गरेर पठाएका नामहरुबारे छलफल गरेर एमालेले उम्मेदवार बनाउने जनाएको छ । एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्नेगरी छलफल गरिरहेको छ ।

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये फागुन २० मा २० जनाको पदावधि सकिनेभएपछि निर्वाचन हुन लागेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्