शिक्षा क्षेत्रमा राजनीति हुनु हुँदैनः दुजाङ्ग शेर्पा

खबर बुक
  • ख-
  • ख+

नेपाल विद्यार्थी सङ्घ सभापति दुजाङ्ग शेर्पाले शैक्षिक क्षेत्रमा राजनीति हुन नहुने बताउनु भएकाे छ ।

उहाँले शिक्षामा विश्वविद्यालयदेखि न्यायालयसम्म भागबन्डा र राजनीति हुन थाले पछि शिक्षा क्षेत्र विकास हुन नसेको बताउनु भएकाे हो । सभापति  शेर्पाले रेडियो काठमान्डुको कार्यक्रम राईट कर्नरमा बोल्दै विश्वविद्यालयमा कुनै पनि  हालतमा भागबन्डाको आधारमा नभएर खुल्ला प्रतिस्पर्धा बाट उपकुलपति चयन गर्नु पर्ने बताउनुभयो ।

उहाँले नेवि सङ्घले जहिले पनि विद्यार्थीका सवालमा काम गर्ने गरेको बताउनुभयो । नेपाली काँग्रेस सत्तामा वा प्रतिपक्षमा  भए पनि नेवि सङ्घ जहिले प्रतिपक्षको भूमिका रहने गरेको बताउनुभयो  ।

साथै विद्यालय तथा विश्वविद्यालयले समयको माग अनुसार  अध्ययन गरेर विभिन्न ज्ञान, सीप प्रदान गर्न सक्ने शिक्षामा राज्यले लगानी गर्नु पर्ने बताउनुभयो ।

समाजले, बजारले र देशले के मागेको   अनुसारको विषयलाई लागु गर्न सकेमा बिदेसिने सङ्ख्यामा कमी आउने बताउनु भएको हो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्