सरकार टिकाउन होइन भ्रष्टाचारविरुद्ध लागेको छु : प्रधानमन्त्री

खबर बुक
  • ख-
  • ख+

विराटनगर, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार टिकाउन नभएर भ्रष्टाचारविरुद्ध लागेको बताएका छन् ।

सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफुलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको भन्दै भ्रष्टाचारविरुद्ध लागेको बताएका हुन्  ।

भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्वमा सरकार लागेको बताउँदै उनले तर, केही तत्व भने सरकारविरुद्ध लागेकाले सरकारको आयुबारे प्रश्न उठेको बताए ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्