वीपी साहित्य महोत्सवका लागि मूल तयारी आयोजक समिति गठन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसले जननायक विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा मनाउन लागेको वीपी साहित्य महोत्सवका लागि मूल तयारी आयोजक समिति गठन गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले महोत्सव सम्पन्न गर्न सहमहामन्त्री वद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय मूल तयारी आयोजक समिति गठन गरेको जनाएको हो । तीन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन भाद्र २४ गते विपीको साहित्य सिर्जना र जीवन दर्शन, दोश्रो दिन प्रा. आनन्द कुमार र तेश्रो दिन विपीको समाजवादमा शिक्षा बारे बहस हुने कांग्रेस सूचना सञ्चार तथा प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । त्यस्तै बिभिन्न बिषयहरुमाथि बहस, कविता साँझ, गजल साँझ हुने उहाले बताउनुभयो ।

कांग्रेसले जननायक वीपी कोइरालाको ११० औं जन्म जयन्तीलाई वीपी साहित्य महोत्सवका रुपमा मनाउन लागेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्