सुन बरामद भए सगैं यस्को तिव्र छानबिन,व्यापारी दिपक मल्होत्रा शंकाको घेरामा ?

खबर बुक
  • ख-
  • ख
  • ख+

४ साउन, काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद भए सगैं यस्को तिव्र छानबिन शुरु भएको छ ।

अहिले यो प्रकरण सार्वजनिक भए सगंै यस प्रकरणमा संलग्नहरुको नाममा काठमाण्डौका प्रतिस्ठित व्यापारीहरुको नाम अगाडि आउन शुरु भएको छ । सुन प्रकरणमा संम्गन भएको आरोपमा प्रहरीले यसअघि नै ६ जनालाई पक्राउ गरिसकेको छ ।स्पष्ट जानकारी नआए पनि प्रक्राउ पर्नेहरुको बयानका आधारमा व्यापारी दीपक मल्होत्राको समूहलाई शंकाको घेरामा राखिएको छ ।

यसअघि सुन हिजो बरावद भएको जनाइए पनि यो राजस्व अनुसन्धान विभागले अस्ति मंगलवार नै बरामद गरिएको जनाइएको छ । यसरी पनि बुज्न सकिन्छ, विभागले यस प्रकारणका बारे अगाडिबाट नै अनुशन्धान शुरु गरिसकेको थियो ।

यसैकारण राजस्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानले खास विवरण भने अहिलेसम्म सार्वजनिक नभए पनि मल्होत्राको समूहलाई शंकाको घेरामा राखेर अनुशन्धान गरेको देखिन्छ ।

मोटरसाइकल÷स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्