माल्टा पठाइदिन्छु भन्दै रकम ठगि गर्ने महिला पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ असार। माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा  गोरखाको पालुङटार नगरपालिका-५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्‍ने २९ वर्षीया सुष्मा तामाङ रहेकी छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान  कार्यालयको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

तामाङले सञ्जय गिरीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्‍दै पटक-पटक गरी ५ लाख ८५ हजार रुपैयाँ  लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्