बजेटको पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ असार । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बजेटका बिषयमा प्रधानमन्त्री, अर्थमन्त्री र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलपछि बजेट पारितमा सहयोग गर्ने निर्णय गरिएको नेकपा समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

बजेटमा पार्टीको सहमतिलाई बजेटको प्रणालीमार्फत सम्बोधन गर्ने प्रतिवद्धता आएपछि पक्षमा मतदान गर्ने निर्णय गरिएको उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्