नेपालमा चार जना कोरोना संक्रमित थपिए

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, १७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घण्टामा गरिएको ७४० वटा नमुना परीक्षणमा जम्मा चार जना कोरोना संक्रमित भेटिएका हुन् । सोही समयमा चार जना संक्रमण मुक्त भएका छन् ।

दैनिक संक्रमण घट्दै गएको समयमा नेपालमा कोभिडका सक्रिय संक्रमित पनि घट्दै गएका छन् । हाल देशभर जम्मा २२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्