सचिवालयले भन्यो- पूर्वराजा, पूर्वरानी र पूर्वयुवराज्ञीले सामाजिक सञ्जाल चलाउनु भएको छैन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको उनको संवाद सचिवालयले जनाएको छ ।

शुक्रबार सचिवालयले सूचना जारी गरेर पूर्वराजा शाह, उनकी पत्नी पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको स्पष्ट पारेको हो ।

यसअघि २३ मंसिर २०७८ मा पनि सचिवालयले पूर्वराजा शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानीले सामाजिक सञ्जाल सञ्चालन नगरेको जानकारी गराइसकेको स्मरण गराएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्