काठमाडौं, बैशाख ९ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनुभएको छ ।
शनिबार गण्डकी प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त हुनुभएको हो । विश्वासको मतका लागि भएको मतदानमा सहभागी ५० प्रदेशसभा मध्ये २४ जनाले मात्रै विश्वासको पक्षमा मत दिएका थिए भने ३५ जनाले विश्वासको बिपक्षमा मत दिएका थिए ।
अधिकारीलाई एमाले बाहेक राप्रपाका दुई सांसदले साथ दिएका थिए भने माओवादी केन्द्र, कांग्रेस र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए । अधिकारीले माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
यसअघि अधिकारीलाई समर्थन गरेको माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले शनिबार विश्वासको मत माग्नुभएको थियो ।










