काठमाडौं, ५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाण्डाै ल्याइएको छ ।
हिजो साेमवार बिहान घरको छतबाट खसेका थापालाई थप उपचारका लागि आज मङ्गलवार हेलिकप्टरबाट काठमाण्डाैकाे मेडिसिटी अस्पताल ल्याइएको हो । हिजो बिहान ४ बजेतिर भरतपुर महानगरपालिका–११ मा रहेको सभापति लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो ।
भरतपुरका डाक्टरहरूकाे सल्लाहमा थापालाई काठमाण्डाै ल्याइएको लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।











