प्रि-ओपन सेसन नेप्सेमा १.९४ अंकले वृद्धि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ चैत । प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा १.९४ अंकले वृद्धिभइ १९१० विन्दुमा आएको छ ।

यससँगै २२ कम्पनीको एक हजार ६३९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ लाख ३१ हजार ४३५ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ११ कम्पनीमा उकालो लागेको छ भने ८ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर रहेको छ ।  यता, १३ उपसूचकहरू मध्ये ५ कम्पनीमा वृद्धि भएको छ । एउटा कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्