अमेरिका–दक्षिण काेरियाकाे संयुक्त् सैन्य अभ्यास चलिरहेकाे बेला उत्तरकोरियाकाे क्षेप्यास्त्र प्रहार

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, १३ चैत  । उत्तर कोरियाले सोमबार बिहान फेरी दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

 

अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास भइरहेकाे बेला उत्तर काेरियाले साेमबार बिहानै पूर्वी समुद्री तटतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेकाे हाे ।

अमेरिका र दक्षिण काेरियाकाे संयुक्त सैन्य अभ्यासवाट आक्रोशित उत्तर काेरियाले जवाफमा साेमबार बिहानै क्षेप्यास्त्र प्रहार गरेकाे बताइएकाे छ । उत्तर कोरियाले गत शुक्रबार मात्रै पानीमुनि प्रहार गर्न सक्ने ड्रोन परीक्षण गरेको जनाएकाे थियो । त्यसकाे तीन दिन पछि पुनः अर्काे परिक्षण गरेर जवाफ दिएकाे हाे ।

दक्षिण कोरियाली सैन्य प्रमुख र जापानी रक्षा मन्त्रालयले उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र प्रहार पुष्टि गर्दै उसका गतिविधि नजिकबाट नियालेको जनाएका छन् ।

अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथि लक्षित भन्ने गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्