प्रधानमन्त्री मोदीको मानहानीको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

खबर बुक
  • ख-
  • ख+

दिल्ली, ९ चैत । भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा भारतीय कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ ।

गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको हो । साथै अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।

सन् २०१९ मो प्रधानमन्त्री मोदीविरुद्ध दिएको उनको अभिव्यक्तिलाई लिएर अदालतको सो आदेश आएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्