काठमाडौं, ८ चैत ।वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ भएकाे छ ।
आज प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले काठमाण्डौमा एक कार्यक्रमकाबीच सामाजिक सुरक्षा योजनामा सहभागी हुन आह्वान गर्नु भएकाे छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिक सँगसँगै स्वदेशमा नै स्वरोजगार रहेका व्यक्तिहरूका लागि पनि आज बुधवारदेखि नै सामाजिक सुरक्षा योजनाको सुरुवात भएकाे छ ।












