इक्वेडरमा ७ म्याग्निच्युडकाे भूकम्प जाँदा दर्जनाैं मानिसकाे मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ चैत । ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा करिब ७ म्याग्निच्युडको भूकम्प गएको छ ।

इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको ६ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट अहिलेसम्म करिब एक दर्जन मानिसको मृत्यु भएको जनाईएको छ ।

भूकम्पबाट भौतिक संरचनामा ब्यापक रूपमा क्षति पुगेकाले भग्नावशेषमा च्यापिएर मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।बालाओ शहर नजिकै भूकम्पको केन्द्रबिन्दु रहेको र भूकम्प जमिनको सतह भन्दा १० किलोमिटर तल रहेको जनाइएको छ ।

भूकम्पले सडक भत्किएका कारण सवारी साधन रोकिएका छन् भने घरहरुमा क्षति पुगेको छ ।उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्न पनि अप्ठेरो भएको जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्