मोदीको सुरक्षामा हेलचेक्राइ गर्ने प्रहरी अधिकारीमाथि कारवाही सुरु

खबर बुक
  • ख-
  • ख+

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा हेलचेक्राइ गर्ने ९ सुरक्षा अधिकारीलाई कारवाही गरिने भएको छ ।

गत वर्ष प्रधानमन्त्री मोदीको पञ्जाब भ्रमणका क्रममा सुरक्षा कमजोरी गरेको अभियोगमा ९ सुरक्षा अधिकारीलाई कारबाही गरिन लागिएको हो ।पञ्जाबको चुनाव प्रचारप्रसारमा जाँदा किसानको भीडले सडकमा अवरोध गर्दा मोदीको सवारी करीब २० मिनेटसम्म रोकिएको थियो । त्यतिबेला पञ्जाबमा भारतीय कांग्रेस नेतृत्वको सरकार थियो ।

किसानहरुले मोदीको यात्रा अबरोध गरेको घटनामाथि छानबिन गर्न सर्वोच्च अदालतले अवकाशप्राप्त न्यायाधीश ईन्दु मल्होत्राको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरेको थियो । सो छानबिन टोलीले प्रतिवेदन बुझाए पछि केन्द्रीय गृहसचिव अजय भल्लाले पञ्जाबका मुख्यसचिव विजयकुमार जंजुआलाई दोषीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेका छन् ।भारतीय सञ्चारमाध्यमका अनुसार सो घटनामा मुख्यसचिव अनिरुद्र तिवारी, डीजीपी एस चट्टोपाध्याय, एसएसपी हरमनदीप सिंह, डिप्टी आईजी सुरजीत सिंहलाई दोषी देखाइएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्