सुनको भाउ ताेलामा ३०० रुपैयाँ घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ फागुन । नेपाली बजारमा मंगलबार सुन प्रतितोलामा तीन सय रूपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार १ लाख २ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको । यसअघि आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो ।  संघका अनुसार मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ।  आइतबार १ हजार २७५ रूपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्