काठमाडौं, २१ फागुन । ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट जीप पल्टिँदा दुई जनाको मृत्यु हुनुका साथै, ९ जना गम्भीर घाइते भएका छन् ।
चिसङ्खुगढी गाउँपालिका-३ चापाकोटबाट जिल्ला सदरमुकामका लागि छुटेको ना १ ज ८४७३ नम्बरको जीप बिहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दुर्घटनामा मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।












