कैलाली, फागुन २० । कैलालीमा स्कुल बसले ठक्कर दिदा एक जना वृद्धको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-६ को खैरानामा माउन्ट शैपाल स्कुलको से१क ४४१ नम्बरको बसले ठक्कर दिदा सोही ठाउँ बस्ने ६५ वर्षीया बाटुबट्टे आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच, घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दोषीलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले राजमार्गमा अवरोध सिर्जना गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।












