प्रधानमन्त्री प्रचण्डले धोका दिएको एमाले अध्यक्ष ओलीकाे आरोप

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ फागुन ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित शहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संविधानको रक्षा गर्दै मुलुकलाई बिकासको बाटो तर्फ अघि बढाउनका लागि पुष १० गते प्रचण्डलाई सहमतिमा ल्याएपछि दुई महिना नपुग्दै धोका दिएको बताउनुभएको हो ।

उहाले प्रचण्डले एउटा भाषा बोल्ने र काम अर्कै गर्ने भन्दै हातमा चक्कु लिएर प्रहार गरेको उल्लेख गर्नुभयो । जनयुद्धका नाममा प्रचण्डले हिंसाको नाममा अभियान सुरु गरेको र त्यसयता आफ्नो स्वार्थबाहेक अरु काम प्रचण्डले नगरेको उहाले बताउनुभयो ।

सत्तामा टिकिरहन प्रचण्डले छिमेकीका घरमा प्रवृतिलाई जारी राखेको उहाको भनाइ छ । ओलीले प्रचण्डले आफ्नो गतिविधि निर्वाध चलाउने र आफ्नो अनुकुलको काम गर्न खोजेको तर आफुले रोकेको धारणा राख्नुभयो । उहाले देश र जनताको हितका लागि काम गर्दा एमालेलाई विदेशी शक्ति र देशका प्रतिक्रियावादीहरुले लखेटेको बताउनुभयो ।

ओलीले अहिलेसम्म आन्दोलनको घाइतेहरु एमालेको कार्यालयमा आए हेल्प डेस्क नै स्थापना गरेर उपचार गर्ने बताउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्