सांसद अरुणकुमार चौधरीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन १२ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

सुरुमा निर्वाचन आयोगले मतदाता नामावलीमा उनको नाम समावेश गरेको थिएन ।

सांसद चौधरी ट्रकमा आगजनी गरेको घटनामा दोषी ठहर भइ जेल चलान भएका थिए । तर प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिएपछि चौधरी रिहा भएका हुन । रिहा भइसकेको भन्दै नामावलीमा नाम समावेश गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टीले निवेदन दिएको थियो ।

प्राप्त निवेदनका आधारमा मतदाता नामावलीमा चौधरीको नाम समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो संगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा ८८२ जनाले मतदान गर्न पाउनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्