पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने विश्वप्रकाश शर्माको तर्क

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन १० । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको छ ।

आज बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि सार्नु उचित नहुने बताउनुभयो । उहाँले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बन्ने आकाङ्क्षा नराख्न पनि अनुरोध गर्नुभयो ।

महामन्त्री शर्माले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा राख्नुभयो । महामन्त्री शर्माले प्रधानमन्त्री पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको टिप्पणी गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्