ग्यास सिलिन्डर विस्फोटबाट घाइते सांसद चन्द्र भण्डारीकी आमाको निधन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ फागुन । ग्यास सिलिन्डर विस्फोटबाट घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीको आमा हरिकला भण्डारीको निधन भएको छ।

उहाको आज विहान १० बजेर ५७ मिनेट जाँदा उपचारका क्रममा निधन भएको कीर्तिपुर अस्पतालले जनाएकाे छ ।

गए राति ग्यास सिलिन्डर लिक भएर सांसद  भण्डारी र उहाकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएकाे  थियाे । घाइते भएका सांसद भण्डारी र उहकी आमालाई बानेश्वरस्थित सिभिल हस्पिटल हुँदै कीर्तिपुर अस्पताल लगिएको थियो।

कीर्तिपुर अस्पतालले सांसद भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ। उहालाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ।

भण्डारीको अवस्था बुझ्न कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री पदम गिरी लगायत अस्पताल पुगेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्