बयानका लागि निलम्बित सांसद चौधरी अदालतमा

खबर बुक
  • ख-
  • ख+

धनगडी, ३ फागुन । नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ ।

गत १९ माघमा बाँकेबाट पक्राउ परेका उनलाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा जिल्ला अदालतमा उपस्थित गराइएको हो ।   गत २२ माघमा परेको उत्प्रेषण परमादेश र २७ माघमा  दर्ता बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै २९ मा उच्च अदालतका न्यायाधीश देशबहादुर सार्कीको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा ३ फागुनमा अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित हुन आदेश जारी गरेको थियो ।

सोही आदेशअनुसार बुधबार उनलाई अदालतमा उपस्थित गराइएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्