जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

भक्तपुर, २ फागुन । सूर्यविनायक नगरपालिका-६ पाण्डुबजारस्थित काभ्रे चौरीदेउराली गाउँपालिका-२ घर भएकी ५२ वर्षीया माया लामाको होटलमा तास खेलिरहेको अवस्थामा माया लामासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्