प्रहरीले कुटपिट गरेको भन्दै वीर अस्पतालका चिकित्सकहरुको विरोध प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ २७ । आफुहरुमाथि प्रहरीले कुटपिट गरेको भन्दै वीर अस्पतालका चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् ।

ड्युटीमा रहेका बेला प्रहरीहरु आएर आफुहरुमाथि कुटपिट गरेको भन्दै उनीहरुले अस्पताल बाहिर सडकमा विरोध प्रदर्शन गरेका थिए । चिकित्सकहरुको विरोधका कारण केहिबेर यातायात अवरुद्ध भएको थियो । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले आफुहरुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको उनीहरुको आरोप छ ।

राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनीथ सिंह घाइते भएका छन् । वीरका चिकित्सक जाफिर आलमले अस्पतालको परिचय पत्र देखाउदा देखाउदै प्रहरीले कुटपिट गरेको बताउनुभयो । घटनामा संलग्नलाई कारवाही नगरेसम्म अस्पतालमा सेवा सुचारु गर्न सक्ने अवस्थामा नरहेको उहाले बताउनुभयो ।

घटनापछि चिकित्सकहरुले केहिबेर अस्पतालको आकस्मिक सेवा ठप्प पारेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्