सत्ता गठबन्धनबाट नै राष्ट्रपति निर्वाचित हुन्छ : जनार्दन शर्मा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, माघ २७ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपति निर्वाचित हुने बताउनुभएको छ ।

शुक्रबार संघीय संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले राजनीतिक व्यक्तिभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल नभएको बताउनुभयो । राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्ने र गठबन्धनबाटै सहमति खोजिने उहाको भनाइ छ । उहाले अहिले सत्ता गठबन्धनभित्र कुनै समस्या नभएको दावी गर्नुभयो ।

यता,  माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले भने भविष्यमा हुने दुर्घटना रोक्नका लागि गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने सम्भावना बढि रहेको बताउनुभयो । सामाजिक सेवामा काम गरेको, मुलुक प्रति प्रतिवद्ध हुनेलाई राष्ट्रपति बनाउनुपर्ने उहाको भनाइ छ ।

सवै राजनीतिक दलहरु एकठाउमा आउनका लागि छलफल चलिरहेको उहाको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्