काठमाडौं, २३ माघ । नयाँ बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच झडप भएकाे छ।
नेपाली कांग्रसकाे भातृसंगठन नेविसंघका संस्थापन र इतर पक्षका दुई समूहबीच झडप भएकाे प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले जानकारी दिए।
त्यहाँ अध्ययनरत एक विद्यार्थी नेताका अनुसार शेखर-गगन पक्षका विद्यार्थीले कमर्श क्याम्पसमा राखेका भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको हाे।
प्रहरीका अनुसार यतिबेला साे क्षेत्रमा बाक्लाे संख्यामा प्रहरी परिचालन गरिएको छ।









